मेरो माईक्रोफाईनान्स बित्तीय संस्था लिमिटेडले छैटौं बार्षिक साधारणसभा शुक्रबार नुवाकोटमा सम्पन्न गरेको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष सञ्जिव मानन्धरले प्रतिबेदन प्रस्तुत गर्नु हुदै हालसम्म ९ करोड ४५ लाख खुद नाफा गर्नुको साथै ७८ करोड ३७ लाख रुपैयाँ निक्षेप रहेको जानकारी दिनु भयो । उहाँले ग्राहक वर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी ग्रामीण क्षेत्रमा अवस्थित विपन्न वर्गको आर्थिक सामाजिक उत्थानमा सस्था लागिरहेको समेत बताउनुभयो ।
त्यस्तै प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले हाल संस्थाले देशका ४८ जिल्लाका विभिन्न ग्रामीण तथा अर्ध–शहरी, शहरी विपन्न समुदायमा ८६ वटा शाखा कार्यलय मार्फत ८० हजार बढी विपन्न घरपरिवारहरुलाई वित्तीय साक्षरता सहितको लघुवित्तीय सेवा प्रदान गर्दै आएको बताउनुभयो ।
संस्थामा आबद्धहरुको ५३ हजार भन्दा बढी घरपरिवारहरुलाई ३ अर्ब ६५ करोड कर्जा प्रवाह गरी स्वरोजगार र लघु–व्यवसाय प्रवद्र्धन गर्ने अवसर प्रदान गरिएको र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनशिल क्षेत्रमा लगानी गर्न जोड दिने समेत बताउनुभयो । कार्यक्रममा सस्थाका संचालक समितिका पदाधिकारीहरु, कर्मचारी तथा शेयरधनिहरुको उपस्थिति रहेको थियो ।
संस्थाले विभिन्न जिल्ला तथा आर्थिक रुपले पछि परेका ग्रामीण समुदायमा कार्यक्रम विस्तारको योजना सहित लघुवित्त कार्यक्रमले छरिएर रहेका पेवापात, कन्तुरे रकमको वचत, बिना धितो र सीमित धितो कर्जा, ग्रामीण परिवेशमा रेमिटेन्स सेवा, लघुबीमा सञ्चालन गरिरहेको छ ।
संस्थाले नुवाकोटमा कर्पोरेट कार्यालय स्थापना गरी देशका विभिन्न जिल्लाहरुमा कार्य गर्दै आएको छ । कार्यक्रममा फाइनाइन्सको बर्तमान अवस्था भावी कार्यक्रम, कार्यगत अवस्था लगाएतको बारेमा जानकारी गराइएको थियो ।
सभामा कम्पनीले १५% बोनस सेयर र ११.३२% (कर सहित) नगद गरी कुल २६.३२% लाभांश दिने प्रस्ताव पेश गर्नेछ । कम्पनीले ४ करोड २९ लाख रुपैयाँ बोनस सेयर र ३ करोड २३ लाख ६३ हजार १५७ रुपैयाँ नगद लाभांशमा वितरण गर्ने सभा बाट पारित गरिएको छ । हाल यस कम्पनीको चुक्ता पुँजी २८ करोड ६० लाख रुपैयाँ छ । बोनस र हकप्रद वितरणपछि चुक्ता पुँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ