काठमाडौँ।चीनियाँ सेनाले ताइवान आसपास गरिरहेको सैन्य अभ्यासप्रति अमेरिकासहितका मुलुकले आपत्ति जनाएका छन् ।
गत ४ अगस्टदेखि चीनले लगातार ताइवानलाई लक्षित गरेर सैन्य अभ्यास गर्दै आएको चिनियाँ सरकारी सञ्चार माध्यम र ताइवानले बताएको छ । अमेरिकी संसदका सभामुख नैन्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनले सैन्य अभ्यास सुरु गरेको हो । सैन्य अभ्यासको क्रममा कैयौँ पटक चिनियाँ लडाकू विमान आफ्नो क्षेत्रमा प्रवेश गरेको ताइवानले आरोप लगाएको छ । चीनले गरिरहेको सैन्य अभ्यासप्रति जापान, अमेरिका, अस्ट्रेलिया लगायतका मुलुकले आपत्ति जनाएका छन् ।
यसैबीच, चीनले ताइवानको क्षेत्र वरपर सैन्य अभ्यास गरेपछि ताइवानले पनि सैन्य अभ्यासको तयारी गरेको छ । आज र भोलि दुई दिन टापुको दक्षिणी क्षेत्रमा अभ्यास गरिने ताइवानले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ