सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

नेपाल र केन्याबीचको तेस्रो टी–ट्वान्टी क्रिकेट आज 

प्रकाशित समय: आइतवार, १० : ३१ बजे भदौ १२ गते



नेपाल र केन्याबीचको तेस्रो टी–ट्वान्टी क्रिकेट आज 

एजेन्सी । नेपाल र केन्याबीचको तेस्रो टी–ट्वान्टी आज हुँदैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने आजको खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ मा सुरु हुनेछ । घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । तर, घरेलु टोलीविरुद्ध नेपाललाई सहज भने हुनेछैन । केन्या पनि नेपालविरुद्ध दोस्रो जितको खोजीमा हुनेछ । पाँच खेलको सिरिजमा नेपाल र केन्या १–१ को अवस्थामा रहेको छ । 

नेपाल र केन्याबीच चौंथो टी–ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी–ट्वान्टी भदौ १४ गते हुनेछ ।  टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।