एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज केन्याविरुद्ध चौंथो टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने नेपाल र केन्याबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ ।
घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल एक खेल अगाबै सिरिज कब्जा गर्ने योजनामा हुनेछ । पाँच खेलको टी–ट्वान्टी सिरिजमा नेपाल २–१ ले अघि रहेको छ । हिजो भएको तेस्रो खेलमा ४ विकेटको जित निकाल्दै नेपालले सिरिजमा अग्रता लिएको हो । त्यसअघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।
दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो । घरेलु टोलीविरुद्धको तेस्रो खेलमा नेपाललाई सहज भने हुनेछैन । किनकी केन्या पनि नेपालविरुद्ध जित निकाल्दै सिरिज जित्ने सम्भावना कायम राख्न चाहन्छ ।
नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी–ट्वान्टी भोलि हुनेछ । टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ