सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

नेपालले आज केन्यासँग पाँचौ टी–ट्वान्टी खेल्दै 

प्रकाशित समय: मगलवार, ०९ : ३३ बजे भदौ १४ गते



नेपालले आज केन्यासँग पाँचौ टी–ट्वान्टी खेल्दै 

एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज केन्याविरुद्ध पाँचौ तथा अन्तिम टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा नेपाल ७ रनले पराजित भएको छ ।  

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १ सय २ रनको लक्ष्य नेपालले भेट्टाउन सकेन । नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा अलआउट हुँदै १ सय १ रन बनाएको थियो । यससँगै पाँच खेलको श्रृङ्खला २–२ को बराबरीमा आएको छ । 

यो श्रृङ्खला आफ्नो बनाउनको लागि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । टी–ट्वान्टी श्रृङ्खलापछि नेपालले घरेलु टोलीसँग एकदिवसीय खेल खेल्नेछ । पहिलो एकदिवसीय खेल आउँदो १७ गते, दोस्रो खेल १८ गते र तेस्रो खेल २० गते हुनेछ ।