सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

नेपाल र केन्याबीचको पहिलो एकदिवसीय आज 

प्रकाशित समय: शुक्रवार, १० : ०० बजे भदौ १७ गते



नेपाल र केन्याबीचको पहिलो एकदिवसीय आज 

 एजेन्सी । केन्या भ्रमणमा रहेको नेपालले आज घरेलु टोलीसँग पहिलो एकदिवसीय खेल्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाल र केन्या दिउँसो पौने १ बजे खेल्नेछन् । 

नेपालले यसअघि केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय श्रृङ्खला ३–२ ले जितेको थियो । केन्याविरुद्धको एकदिवसीय श्रृङ्खला नेपालले रोहित पौडेलको कप्तानीमा खेल्नेछ । नेपालले घरेलु टोलीसँगको दोस्रो खेल भोलि र तेस्रो खेल आगामी सोमबार खेल्नेछ ।