सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

नेपाल र केन्याबीचको दोस्रो एक दिवसीय अभ्यास खेल आज 

प्रकाशित समय: शनिवार, १० : ४४ बजे भदौ १८ गते



नेपाल र केन्याबीचको दोस्रो एक दिवसीय अभ्यास खेल आज 

एजेन्सी । नेपाल र केन्याबीचको दोस्रो एक दिवसीय अभ्यास खेल आज हुँदैछ । यो खेल दिउँसो पौने १ बजे हुनेछ । यसअघि हिजो भएको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपालले घरेलु टोली केन्यालाई ७ विकेटले हराएको थियो । 

नैरोवी स्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलमा केन्याले दिएको २ सय १९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ४८ ओभर १ बलमा अलआउट हुँदै २ सय १८ रन बनाएको थियो । जितसँगै नेपालले ३ खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।