सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै 

प्रकाशित समय: मगलवार, ०९ : ५३ बजे भदौ २१ गते



महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै 

काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट काठमाडौंमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु हुने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले गर्ने कार्यक्रम छ ।
प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बङ्गलादेश र पाकिस्तान रहेको छ भने समूह ‘बी’ मा आयोजक नेपाल, श्रीलङ्का र भुटान रहेको छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ । प्रतियोगिताको उद्घाटनमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भुटानबीचको खेल साँझ ५ः ३० मा सुरु हुनेछ । साविक उपविजेता नेपाल आज भुटानलाई हराउँदै सुखद सुरुआत गर्ने योजनामा हुनेछ भने भुटान पनि प्रतियोगितामा जितसहित सुखद सुरुआत गर्न चाहन्छ ।