काठमाडौं । नेपाल क्रिकेट सङ्घ क्यानले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई टिमबाट निलम्बन गरेको छ । १७ वर्षका एक किशोरीलाई बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएपछि क्यानको कार्यसम्पादन समितिले लामिछानेलाई कप्तानसहित राष्ट्रिय टोलीबाट निलम्बन गरेको जनाएको छ । गत मङ्गलवार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले लामिछानेविरुद्धका प्रमाण सङ्कलन सुरु गरेको छ ।
यसैबीच बलात्कारको आरोप लागेका लामिछानेले स्वदेश फर्कने बताएका छन् । सिपिएल खेल्न गएका लामिछानेले आज ट्वीट गर्दै आफू निर्दोष रहेको र नेपालको कानुनमा विश्वास रहेको भन्दै सिपिएल छाडेर छिट्टै स्वदेश फर्कने सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ