श्रीलङ्का । १७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतसँग खेल्दैछ । खेल श्रीलङ्काको कोलम्बोको रेस कोर्स मैदानमा नेपाली समय अनुसार दिउँसो पौने चार बजे सुरु हुनेछ । नेपालले समूह चरणको अन्तिम खेलमा आज भारतसँग खेल्न लागेको हो ।
यो खेलपछि समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । समूह ‘बी’ मा ३ अङ्क जोडेको नेपाल दोस्रो र भारत शीर्ष स्थानमा छन् । नेपालले भुटानलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ । भारत पनि अन्तिम चारमा पुगिसकेको छ । आज नेपालले भारतलाई हराउन सकेमा समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ । आजै हुने दोस्रो खेलमा श्रीलङ्का र माल्दिभ्स प्रतिस्पर्धा गर्नेछन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ