काठमाडौं । चर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको तप तप आँशु बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । साहित्यकार, लेखक तथा कवि ममता मिश्रको शब्द सृजना रहेको प्रेम, रोमान्स र विरहले भरिएको गीतको भिडियोमा मर्मस्पर्शी प्रेमाभावलाई नजिकबाट केलाइएको छ ।
नविन कार्कीको संगीत रहेको छ । विगत ३ दशकदेखि अष्ट्रेलियामा रहँदै आएकी गीतकार मिश्रले यसपटकको आफ्नो सृजनालाई पनि अघिल्लो पटक झैँ हरेक प्रेमील जोडीले मन पराउने विश्वास व्यक्त गरिन् ।
आफूलाई भन्दा बढी माया दिएकी प्रेमीकाले विशेष परिस्थितिका कारण धोका दिएर टाढिँदाको पललाई पछिल्लो पुस्ताका चर्चित निर्देशक केशव भट्टले कलात्मक शैलीले प्रस्तुत गरेका छन् । कोरियोग्राफीमा समेत राम्रो दक्खल राख्ने निर्देशक भट्टले तप तप आँशु बोलको गीतको भिडियोले हरेक प्रेमील जोडीको मन छुने बताए ।
गीतकार मिश्रकै आफ्नै अफिसियल च्यानल ममता मिश्र अफिसियलबाट बजारमा ल्याएको गीतको गीतमा मोडलद्वय कमल सिंह र ललना चिमोरियाको लोभलाग्दो अभिनय देख्न सकिन्छ । गीतकार मिश्रका तिमीले चुमेको, म सागर थिए, लगायतका गीतहरु यसअघि नै बजारमा आइसकेका छन् ।
उत्सव दाहालको छायांकन रहेको भिडियोमा दिनसन शाहको सम्पादन र कलर रहेको छ ।
भिडियो
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ