सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र श्रीलङ्काबीच खेल हुँदै 

प्रकाशित समय: सोमवार, १० : ०४ बजे भदौ २७ गते



महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र श्रीलङ्काबीच खेल हुँदै 

काठमाडौं । काठमाडौँमा जारी महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने नेपाल र श्रीलङ्का बीचको खेल साँझ ५ः ३० बजे सुरु हुनेछ । आजको खेलमा नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ । नेपाल श्रीलङ्कालाई हराएर सेमिफाइनलमा पुग्ने लक्ष्यसहित आज मैदान उत्रनेछ । समूह ‘बी’ मा रहेको नेपालले १ खेलमा ३ अङ्क जोडेको छ । श्रीलङ्कालाई पराजित गरेको खण्डमा नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुग्नेछ । नेपालले पहिलो खेलमा भुटानलाई ४–० गोल अन्तरले हराएको थियो । श्रीलङ्का भने आजको खेलमा पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा श्रीलङ्का भुटानसँग ५–० गोलले पराजित भएको थियो ।