सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

महिला साफ च्याम्पियनसिप फुटबलः सेमिफाइनलमा नेपालले आज भारतसँग खेल्दै 

प्रकाशित समय: शुक्रवार, १० : २५ बजे भदौ ३१ गते



महिला साफ च्याम्पियनसिप फुटबलः सेमिफाइनलमा नेपालले आज भारतसँग खेल्दै 

काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज भारतसँग खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल र भारतबीचको खेल साँझ साढे ५ बजेबाट सुरु हुनेछ । 

समूह ‘बी’ मा रहेको नेपाल समूह चरणमा अपराजित रहेर अन्तिम चारमा पुगेको हो । यस्तै समूह ‘ए’ मा रहेको भारतले उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो । नेपाल र भारतबीचको विजेताले फाइनलमा बङ्गलादेश र भुटानबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् । बङ्गलादेश र भुटानबीचको पहिलो सेमिफाइनल दिउँसो १ बजे दशरथ रङ्गशालामा हुनेछ ।