काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाल र बङ्गलादेशबीचको उपाधि खेल सोमवार हुनेछ । महिला साफ च्याम्पियनसिपले यसपटक नयाँ च्याम्पियन टोली पनि पाउने भएको छ । हालसम्म नेपाल र बङ्गलादेशले उपाधि उचालेका छैनन् ।
हिजो भएको दोस्रो सेमिफाइनल खेलमा साविक विजेता भारतमाथि १–० को जित निकाल्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । महिला साफको इतिहासमा भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो । यस अघि नेपालले महिला साफमा भारतलाई हराउँन सकेको थिएन । बङ्गलादेश, हिजोको पहिलो सेमिफाइनल खेलमा भुटानलाई ८–० ले हराएर फाइनलमा प्रवेश गरेको हो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ