काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने फाइनल खेलमा घरेलु टोली नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ । नेपाल र बङ्गलादेशबीचको खेल साँझ ५ बजे सुरु हुनेछ । महिला साफको १२ वर्षे इतिहासमा नेपाल र बङ्गलादेश पहिलो पटक फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । आजको खेलबाट साफले नयाँ च्याम्पियन टोलीसमेत पाउनेछ । नेपाल ४ पटक उपविजेता बन्दा बङ्गलादेश १ पटक उपविजेता बनेको छ । आजको खेल दुबै टोलीका लागि निकै महत्वपूर्ण मानिएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ