नयाँ दिल्ली, ३ असोज।जेफ बेजोसले विश्वको दोस्रो सबैभन्दा धनी व्यक्तिको रूपमा आफ्नो हैसियत गुमाएका छन् । भारतीय व्यापार मुगल गौतम अडानी ब्लुमबर्गको अरबपति सूचांकमा द्रुत रूपमा उक्लने क्रममा बेजोस तेस्रो नम्बरमा झरेका हुन् । विश्वका शीर्ष १० अर्बपतिको सूचीमा एलन मस्कपछि अब अडानी मात्रै छन् ।
पहिलोपटक कुनै एसियाली व्यक्ति ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सको शीर्ष तीनमा परेको यो नै पहिलोपटक हो । अडानीको कूल सम्पत्ति १४६ दशमलब ९ अर्ब डलर छ । उनी संसारकै सबैभन्दा धनाढ्य एलन मस्कभन्दा अझै धेरै पछाडि छन् । मस्कको कुल सम्पत्ति २६० अर्ब डलर छ ।
गौतम अडानी अडानी समूहको संस्थापक र कार्यकारी प्रमुख हुन् । उनले सन् १९८८ मा अडानी समूहका स्थापना गरेका थिए । अडानी समूहले कोइला व्यापार, खनन, तेल तथा ग्यास अन्बेषण, बिजुली उत्पादन र वितरणमा फैलिएको कारोबार सम्हाल्दै आएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ