सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

जापानका पूर्व प्रधानमन्त्री आबेको आज राजकीय सम्मानका साथ अन्त्येष्ठि गरिने

प्रकाशित समय: मगलवार, ०९ : ४८ बजे आश्विन ११ गते



जापानका पूर्व प्रधानमन्त्री आबेको आज राजकीय सम्मानका साथ अन्त्येष्ठि गरिने

काठमाडौं।जापानका पूर्व प्रधानमन्त्री शिञ्जो आबेको अन्त्येष्ठि आज राजकीय सम्मानका साथ गरिने भएको छ ।

 

जापानमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री पदमा रहनुभएका शिञ्जोको राजकीय सम्मानका साथ गरिने अन्त्येष्ठिको तयारी पूरा भएको छ । समाचार संस्था रोयटर्सका अनुसार झन्डै ३ महिनापछि हुने अन्त्येष्ठि कार्यक्रमलाई ध्यानमा राखेर कडा सुरक्षा व्यवस्था मिलाइएको छ । अन्त्येष्ठिमा विश्वका एक सयभन्दा बढी मुलुकका राष्ट्रप्रमुखहरू पनि सहभागि हुने बताइएको छ ।

 

शिञ्जोको जापानस्थित दक्षिणी सहर नारामा चुनावी अभियानको क्रममा एक बन्दुकधारीले जुलाई ८ मा गोली हानी हत्या गरेको थियो । सन् २००६ मा उहाँ पहिलोपटक प्रधानमन्त्री बन्नुभएको थियो । आबेलाई जापानको सबैभन्दा कम उमेरको प्रधानमन्त्री भनेर पनि चिनिन्थ्यो ।