काठमाडौं, ११ असोज।नेपाली राष्ट्रिय फुटबल टिमले आज दक्षिण एसियाली प्रतिद्वन्दी बङ्गलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्दैछ । घरेलु मैदान दशरथ रङ्गशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बङ्गलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपाल र बङ्गलादेशबीचको खेल साँझ ५ : ३० बजे सुरु हुनेछ । घरेलु भूमिमा नेपाल बंगलादेशलाई हराएर समर्थकलाई दशैंको उपहार दिन चाहन्छ । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बंगलादेशविरुद्ध जितकै लागि खेल्ने बताएका छन् । बंगलादेश पनि नेपाललाई हराएर मैत्रीपूर्णमा लगातार दोस्रो जित निकाल्न चाहन्छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2023. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
--