काठमाडौं । साबिकको विजेता श्रीलंका घरेलु टोली माल्दिभ्समाथि ७५–५९ को जित निकाल्दै साबा महिला बास्केटबल च्याम्पियनसिपको विजेता बनेको छ ।
नेपाल भने उपविजेता भएको छ । प्रतियोगितमा नेपाल, माल्दिभ्स, भुटान र श्रीलंकागरि चार टोली सहभागी थिए । राउन्ड रोबिन पद्दतीपछि शीर्ष स्थानमा रहेको श्रीलंका च्याम्पियन बन्यो ।
पहिलो खेलमा माल्दिभ्सलाई ५१–४७ को नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ५५–४९ ले हराएको थियो । तेस्रो खेलमा बुधबार भुटानमाथि ३५–२६ को जितसहित नेपालले यस पटक च्याम्पियन बन्ने सम्भावना जीवित राखेको थियो।
तर श्रीलंकाले माल्दिभ्सलाई हराएसँगै नेपालको च्याम्पियन बन्ने लक्ष्यले पूर्णता पाएन । दक्षिण एसियाली बास्केटबल संघ (साबा) महिला बास्केटबल च्याम्पियनसिपको यो दोस्रो संस्करण हो ।
यसअघि सन् २०१६ मा नेपालमा भएको पहिलो संस्करणको फाइनलमा श्रीलंकासँग पराजित हुँदा नेपाल उपविजेता बनेको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ