एजेन्सी । कतारमा जारी विश्वकप फुटवलमा आज ४ खेल हुँदैछन् । आज इक्वेडर र सेनेगल, नेदरल्याण्ड र कतार, इरान र अमेरिका तथा वेल्स र इङ्ल्याण्ड खेल्नेछन् । आज समूह ‘ए’ मा रहेका ईक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतार बेलुका पौने ९ बजे खेल्नेछन् । यस्तै आजै राति पौने १ बजे समूह ‘बी’ मा रहेका ईरान र अमेरिका तथा वेल्स र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यी खेलले समूह ‘ए’ र ‘बी’ बाट अन्तिम १६ मा पुग्ने २–२ राष्ट्रको टुङ्गो लाग्नेछ । एसियाली मुलुक कतारमा पहिलो पटक आयोजना भईरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा कुल ६४ खेल हुनेछ । आठ रङ्गशालामा आयोजना भईरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ । यसअघि राति भएको खेलमा ब्राजिल, घाना र पोर्चुगल विजयी हुँदै नकआउट चरणमा प्रवेश गरेका छन् । ब्राजिलले स्वीट्जरल्याण्डलाइ १–० ले, घानाले दक्षिण कोरियालाई ३–२ ले तथा पोर्चुगलले उरुग्वेलाई २–० गोल अन्तरले हराएका हुन् । क्यामरुन र सर्वियाले भने ३–३ को बराबरी खेलेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ