काठमाडौं । पोल्यान्डविरुद्ध प्राप्त ३–१ को जितमा दुई गोल गरेसँगै युवा स्ट्राइकर केलियन एम्बाप्पे उच्च गोलकर्ताको शीर्षस्थानमा उक्लिएका छन् । कतार विश्वकपमा चौथो खेल खेल्दै गर्दा पाँच गोल गरेसँगै एम्बाप्पे ‘गोल्डेन बुट’ विजेताको दाबेदारमा रहेका हुन् ।
जारी विश्वकपमा उनि सर्वाधिक गोलकर्ता शीर्षस्थानमा छन् । एम्बाप्पेले पोल्यान्ड र डेनमार्कविरुद्ध दुई दुई गोल गरेका छन् । यसैगरी अस्ट्रेलियाविरुद्ध एक गोल गरेका थिए । २३ वर्षीय पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकरपछि अन्य खेलाडीको तीन गोल गरेको छ ।
स्पेनका अल्भारो मोरटा, अर्जेन्टिनाका कप्तान लियोनल मेसी, इंग्ल्यान्डका मार्कुस रसफोर्ड, फ्रान्सकै ओलिभर जिरौउड, इक्वेडरका इनर भ्यालेन्सिया र नेदरल्यान्ड्सका कोडी गाक्पोले समान तीन गोल गरेका छन् । कतार विश्वकपको फाइनल खेल १८ डिसेम्बरमा हुनेछ । जहाँ सर्वाधिक गोल गर्ने खेलाडीले गोल्डेन बुट अवार्ड प्राप्त गर्नेछन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ