कतार । फिफा विश्वकपमा प्रयोग हुँदै आएको ‘अल रिहला’ बल अब सेमिफाइनल र फाइनल खेलमा प्रयोग नहुने भएको छ । फिफा र एडिडासले बाँकी खेलका लागि ‘अल हिल्म’ नामक बल सार्वजनिक गरेका छन् । अल हिल्म अरबी शब्द हो र यसको अर्थ ‘सपना’ हुन्छ । यसअघि प्रयोग भएको बल ‘अल रिहला’ को अर्थ भने ‘यात्रा’ रहेको थियो । यसअघि अल रिहला बलमा जस्तै यस बलमा पनि कनेक्टेड बल टेक्नोलोजीको प्रयोग गरिएको छ । यसले रेफ्रीहरुलाई निर्णय लिन निकै मद्दत पुगेको एडिडासले जनाएको छ । यस बलको डिजाइनमा सुनौलो रङ्ग प्रयोग गरिनेछ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ