काठमाडौं।विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को विश्व वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ ।
फिफाले हिजो नोभेम्वर महिनाको लागि निकालेको नयाँ वरीयता अनुसार नेपाल १ सय ७५ औं स्थानमा नै रहेको हो । दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अघि भारत १०६ औं स्थानमा यथावत रहँदा माल्दिभ्स पनि १५६ औं स्थानमा यथावत रहेको छ । एसियामा जापान शीर्ष तथा विश्व वरीयतामा २० औं स्थानमा उक्लिएको छ ।
कतार विश्वकप विजेता अर्जेन्टिना भने वरीयताको दोस्रो स्थानमा उक्लिएको छ । अघिल्लो वरीयतामा अर्जेन्टिना तेस्रो स्थानमा रहेको थियो ।विश्व वरीयताको शीर्ष स्थानमा ब्राजिल यथावत रहेको छ । अर्जेन्टिना दोस्रो स्थानमा उक्लदा फ्रान्स तेस्रो स्थानमा उक्लिएको छ ।
यस्तै बेल्जियम चौंथो स्थानमा झर्दा इंग्ल्यान्ड पाँचौं स्थानमा रहेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2023. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
--