काठमाडौं । पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डो कीर्तिमानी रकममा साउदी क्लवसँग अनुवन्धित भएका छन् । उनी साउदी अरेबियाको अल नासरसँग सन् २०२५ सम्मका लागि आवद्ध भएका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रोनाल्डोले पाएको पारिश्रमिक विश्व फुटबल इतिहासकै अहिलेसम्मको बढि हो ।
साउदी अलनासर क्लबका अध्यक्ष मुस्ली अल मुअम्मर र क्रिस्टियानो रोनाल्डोले ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार रोनाल्डोले प्रत्येक वर्ष साउदी क्लबबाट १७ करोड ७० लाख पाउन्ड पारिश्रमिक लिनेछन् ।
उनीहरुबीच स्पेनको राजधानी म्याड्रिडमा सम्झौतामा हस्ताक्षर भएको हो । ३७ वर्षीय रोनाल्डोले आफू नयाँ देशमा फरक फुटबल अनुभव बटुल्न उत्सुक रहेको प्रतिक्रिया दिएका छन् । अलनासर क्लब साउदीको चर्चित फुटबल क्लव हो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ