पोखरा । २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनल खेल आज हुँदैछ । पोखरा रङ्गशालामा हुने फाइनलमा सङ्कटा क्लब र अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो १ः३० बजे सुरु हुने आयोजकले जनाएको छ । संकटा एक पटकको च्याम्पियन समेत हो । भुटनीज दोस्रो पटकको सहभागितामा फाइनल पुगेको हो । सङ्कटा सेमिफाइनलमा एपीएफ क्लबलाई ४–१ ले हराउँदै फाइनल पुगेको हो भने भुटनीजले सेमिफाइनलमा चर्च ब्वाइज युनाईटेडलाई १–० ले हराएको हो । हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ