एजेन्सी/न्युयोर्क । ट्विटर इंकले आगामी हप्ताहरूमा सोशल मिडिया साइटको उत्पादन डिभिजनमा ५० जना कामदारहरूलाई हटाउने योजना बनाएको छ । समाचार साइट इनसाइडरले कम्पनीसँग परिचित दुई व्यक्तिलाई उद्धृत गर्दै उक्त जानकारी दिएको छ ।
एलोन मस्कले थप कर्मचारीहरू कटौती नगर्ने प्रतिबद्धता जनाएको ६ सातापछि आएको हो । कटौतीले कम्पनीको हेडकाउन्ट २,००० भन्दा कममा घटाउन सक्ने रिपोर्टमा जनाइएको छ । एलन मस्कले ट्वीटरको स्वामित्व लिएपछि उनले ट्वीटरमा धेरै उथलपुथल गरेका छन् । उनले ब्लु टिक भेरिफिकेसनका लागि शुल्क लिनेलगायत अन्य विवादास्पद निर्णय गरेका छन् ।
ट्वीटरका कतिपय निर्णयविरुद्ध कर्मचारीहरु अदालतसम्म पुगेका छन् । केहीसमय अघिभएको अनलाइन सर्वेक्षणमा मस्कले सीइओबाट राजीनामा दिनुपर्ने बताएका थिए । मस्कले यसअघि सर्वेक्षण मत स्वीकार्ने बताए पनि कुनै निर्णय गरेका छैनन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ