सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ७ फाल्गुन २०८१ / Wednesday, 19 February 2025

सेयर बजार दोहोरो अंकले वृद्धि

प्रकाशित समय: बुधवार, ०३ : ४८ बजे माघ ११ गते



सेयर बजार दोहोरो अंकले वृद्धि

काठमाडौं, ११ माघ।सेयर बजार बुधबार दाेहाेराे अंकले उकालो लागेको छ । नेप्से परिसूचकमा १०.३७ अंकले बढेर २१८३.६२ विन्दुमा आएर रोकिएको छ ।बुधबार २६१ कम्पनीको कारोबार भएको छ । ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच भएको छ । ३ अर्ब ४६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

 

राष्ट्रिय हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकको १० करोडभन्दा बढीको सेयर बिक्री भएको छ र हिमालय दोलखा हाईड्रो पावरको ९ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

 

ग्रिन लाइफ हाईड्रोपावर, आदर्श लघुवित्त वित्तीय संस्था, सानिमा जिआईसी बिमा, सूर्य ज्योति जीवन बिमा र बलेफी हाईड्रोपावर कम्पनीको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।कुल १५९ कम्पनीमा उकलो लागेको छ भने ४६ कम्पनीमा ओरालो लागेको छ । साथै ६ कम्पनी भने स्थिर रहेको छ ।

 

आज १३ उपसूचकहरु ३ बाहेक सबै कम्पनी उकालो लागेको छ ।