सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, २७ बैशाख २०८३ / Sunday, 10 May 2026

साफ महिला यु–२० को च्याम्पियनसिप फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने

प्रकाशित समय: बुधवार, १० : १३ बजे माघ २५ गते



साफ महिला यु–२० को च्याम्पियनसिप फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने

काठमाडौं, २५ माघ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल र घरेलु टोली बंगलादेश भिड्ने भएका छन् ।

 

बंगलादेशले ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा भुटानलाई ५–० ले पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरे पछि फाइनलमा नेपाल र बंगलादेश भिडन लागेका हुन ।

 

यस जितसँग तीन खेलमा सात अंक जोडेको बंगलादेश शीर्ष स्थानमा रह्यो भने तीनकै खेलमा पराजय ब्यहोरेको भुटान अंक विहिन हुँदै बाहिरियो ।भुटानसँग बंगलादेशको यो जितसँगै उता भारत भने बाहिरिनु परेको छ, भारतले तीन खेलमा सात अंक जोडेको थियो ।