सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, २७ बैशाख २०८३ / Sunday, 10 May 2026

आइसीसी यु–१९ः चौथो जीतकाे लक्ष्यसहित नेपाली टोली मलेसियासँग मैदानमा

प्रकाशित समय: मगलवार, ११ : ०० बजे फाल्गुन १६ गते



आइसीसी यु–१९ः चौथो जीतकाे लक्ष्यसहित नेपाली टोली मलेसियासँग मैदानमा

दुबइ । युएइमा जारी आइसीसी यु–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज मलेसियासँग खेल्दैछ । नेपाली समयअनुसार केही बेर अर्थात बिहान १०ः४५ बजेबाट शुरु हुनेछ भने नेपालले आफ्नो चौथो खेलमा मलेसियाको सामना गर्न लागेको हो । नेपाल लगातार चौथो जित निकाल्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहेको नेपालले यसअघि सिंगापुर, कुवेत, सोमबार हङकङलाई पराजित गरिसकेको छ । मलेसियाले भने चौथो खेलमा दोस्रो जितकाे पर्खाइमा छ । पहिलो खेलमा मलेसियाले कुवेतलाई पराजित गरेको थियो ।