काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने र विकेटकिपर तथा ओपनर अर्जुन साउद 'द हन्ड्रेड' क्रिकेट लिगको ड्राफ्टमा परेका छन् । द हन्ड्रेडले सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा नेपालका सन्दीप र अर्जुन अटाएका छन् । नेपालबाट ड्राफ्टमा सन्दीप र अर्जुन मात्र अटाएका छन् ।
ड्राफ्टमा सन्दीप र अर्जुनसहित ३ सय ६८ खेलाडी छन् । पहिलो संस्करणमा सन्दीपलाई ओभल इन्भिन्सिबल्सले ६० हजार पाउण्डमा अनुबन्ध गरेको थियो । तर, भिसा समस्याका कारण द हन्ड्रेड गुमाएका थिए । आगामी संस्करणका लागि ड्राफ्ट मार्च २३ मा आयोजना हुनेछ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ