काठमाडाैं । अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत 'मखमली' सार्वजनिक गरिएको छ । द्रिप चाम्लिङको शब्द सृजना रहेको गीतमा सन्तोष सुनारको सङ्गीत छ । रचनाकार चाम्लिङले नेपाली परिवेश र भूगोलको भावलाई उतारेको गीतमा सन्तोषको सङ्गीत र अस्मिताको स्वरले प्राण भएको छ ।
भिडियोको कन्सेप्टमा केही फरक गर्ने कोसिस निर्देशक राजेश पुमा राईले गरेका छन् । दर्जनौँ सुपर हिट गीत निर्देशन गरिसकेका राजेशले आकर्षक सेट लगाएर भिडियो खिचेका छन् । मिरुना मगर र कुन्साङ बोमजन गीतको भिडियोमा फिचर रहेका छन् । भिडियोमा कुन्साङको प्रेममा परेकी मिरुनालाई प्रस्तुत गरिएको छ । भिडियोमा राजीव समरको कोरियोग्राफी, उत्सव दाहालको छायाङ्कन र विकास दाहालको सम्पादन रहेको छ ।
भिडियो
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ