सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, २६ बैशाख २०८३ / Saturday, 09 May 2026

नेपाललाई एसिया कपमा पुग्न १ सय १८ रनको लक्ष्य

प्रकाशित समय: मगलवार, ०९ : २८ बजे बैशाख १९ गते



नेपाललाई एसिया कपमा पुग्न १ सय १८ रनको लक्ष्य

काठमाडौँ । नेपालले एसीसी प्रिमियर कप क्रिकेटको फाइनल जित्न १ सय १८ रनको लक्ष्य पाएको छ । यूएईलाई मंगलबार ३३.१ ओभरमा १ सय १७ रनमा अलआउट गरेपछि नेपाल सामु प्रतियोगिता जित्दै एसिया कपमा छनोटकाे नजिक पुगेकाे छ ।

नेपालका लागि  ललित राजवंशीले ४,करण केसी र सन्दीप लामिछानेले दुई दुई, सोमपाल कामी, गुल्शन झाले एक एक विकेट हात पारे । हिजो वर्षाले अवरुद्ध खेल आज भइरहेको हो ।  
युएईले हिजो २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाइरहेको बेला बर्षाका कारण रोकिन पुगेको थियो । आज रिर्जभ डे भएकाले युएईले १०६–९ विकेटको अवस्थाबाट खेल सुरु गरेको हो ।