ललितपुर,गोदावरी नगरपालिका वडा नम्बर १४ बाँडेगाउँस्थित सञ्चय बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
शुक्रबार आयोजित साधारणसभामा संस्थाका अध्यक्ष जितेन्द्र महर्जनले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै गाउँ परिवेश अनुसार घरेलु तथा साना उद्योग, पशुपालन तथा कृषिजन्य व्यवसायहरुलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने योजना लिएर संस्थाले नया कार्यक्रमहरुमा वृद्धि गर्दै लैजाने बताए। उनले उत्पादनशील क्षेत्रको पहिचान गरी बढीभन्दा बढी लगानी गरी संस्था र सदस्यको उन्नति र प्रगतिका लागि सहयोग गर्न सदैव तत्पर रहेको बताए।
संस्थाका कोषाध्यक्ष महर्जनले ०७४/७५ को आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै संस्थाको सेयर पूँजी रु. ७५,२६,०००/- रहेको र बढ्दो बचत निक्षेप लाई ध्यानमा राखी सेयर पुँजीलाई आगामी आर्थिक वर्षमा बढाउने योजना रहेको बताए। बचततर्फ गत आवको अन्तिमसम्म १४ करोड ८२ लाख ३० हजार ५ सय ४४ रुपैयाँ १८ पैसा संकलन भएको, कर्जा तर्फ रु १२ करोड ६७ लाख ७८ हजार १७ रुपैयाँ ४२ पैसा लगानी भएको बताए।
गत आर्थिक वर्षको कुल सञ्चालन आम्दानी ५५लाख १४ हजार ३७६ रुपैयाँ ७७ पैसा रहेको र संस्थाले २१ लाख ८३ हजार १०१ रुपैया ३२ पैसा खुद नाफा कमाएको जानकारी दिँदै संस्थालाई यसरी विकास तर्फ लैजान सहयोग तथा योगदान गर्ने हातहरुलाई धन्यबाद दिए।
कार्यक्रमका प्रमुख अथिति गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले सहकारी अर्थतन्त्रको बलियो खम्बा रहेको बताउँदै नगरपालिकाभित्र रहेका १२८ सहकारी संस्थाहरुलाई नियमन र अनुगमनका साथसाथै लक्ष्य र भिजनका साथ अघिबढ्न प्रेरित गरेको बताए। उनले सहकारी संस्थाले आफूलाई पारदर्शितामा प्रस्तुत गर्दै उत्पादनमुखी, रोजगारमुखी र सिप मुखी बनाउदै लैजानुपर्ने धारणा राखे।
जिल्ला सहकारी सङ्घका अध्यक्ष माधव दुलालले सहकारी संस्थाले जहिले पनि शेयर सदस्यको हितमा काम गर्नुपर्ने बताए।
जिल्ला बचत संघका अध्यक्ष रामशरण घिमिरेले पछिल्लो समय सहकारीले ल्याएको परिवर्तनको स्मरण गर्दै संचय सहकारीलाई असल सहकारी बनाउन आफ्नो तर्फबाट सक्दो पहल हुने जानकारी दिए।
कार्यक्रममा सहकारी संस्थाका जेष्ठ सदस्य ९२ वर्षीय इश्वर लाल महर्जन र ८६ वर्षीय बेतीलाल महर्जनलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो।
त्यस्तै संस्थाले असल ऋणी रविन महर्जन,मिना कुमारी शाही, प्रमेश श्रेष्ठ,रत्न ब. महर्जन,राम शरण मग्रान्ती र रवि कपालीलाई सम्मान गरेको थियो। राम्रो बचतकर्ता मुकेश महर्जन, श्री हरि आचार्य, दिनेश महर्जन,सुनेना श्रेष्ठ,निकेश महर्जन र टिकाराम तामाङलाई प्रमाणपत्रले सम्मान गरेको थियो।

संस्थाको कार्यालय व्यवस्थापन र संस्थालाई चुस्तदुरुस्त राखेकोमा संस्थाका लेखापाल रमिता महर्जन, सह लेखापाल अमृता महर्जन र व्यवस्थापक लोकेन्द्र महर्जनलाई विशेष सम्मान गरिएको थियो।
कार्यक्रममा वडा नम्बर १४ का वडा अध्यक्ष जगन्नाथ श्रेष्ठ, महानगरीय प्रहरी प्रभाग बाडेगाउँका प्रहरी निरिक्षक श्याम कुमार कटवाल, फुलचोकी सहकारी संस्थाका अध्यक्ष राजेन्द्र महर्जन लगायतको उपस्थिति रहेको थियो।

लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ