सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, २६ बैशाख २०८३ / Saturday, 09 May 2026

रेशम चौधरी कारागारबाट रिहा

प्रकाशित समय: सोमवार, ०८ : १६ बजे जेठ १५ गते



रेशम चौधरी कारागारबाट रिहा

काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी आज छुटेका छन् ।

 

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी आज कारागारबाट रिहा भएका हुन् ।उनको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, नेतृ एलिजा गौतमसहित सयौं नेता कार्यकर्ता, शुभेच्छुक डिल्लीबजार कारागार पुगेका थिए ।रेशमलाई फूलमालाले भव्य स्वागत गरिएको छ ।

 

मन्त्रिपरिषद्ले आइतबार बिहान रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो ।पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको हो ।