सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, २ असार २०८३ / Tuesday, 16 June 2026

जिसस महासंघको छैठौं राष्ट्रिय परिषद्‌बाट नयाँ कार्यसमिति चयन, अध्यक्षमा ऋषिदेव फुयाँल सर्वसम्मत

प्रकाशित समय: आइतवार, ०४ : १६ बजे जेठ ३१ गते



जिसस महासंघको छैठौं राष्ट्रिय परिषद्‌बाट नयाँ कार्यसमिति चयन, अध्यक्षमा ऋषिदेव फुयाँल सर्वसम्मत

काठमाडौँ ,जिल्ला समन्वय समिति महासंघको छैठौं राष्ट्रिय परिषद्को बैठकबाट नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ। महासंघको निर्वाचन समितिको कार्यालय, काठमाडौँले २०८३ साल जेठ २८ गते एक आधिकारिक सूचना जारी गर्दै निर्वाचन परिणाम सार्वजनिक गरेको हो।

 

महासंघको विधान २०५२ (संशोधन सहित) को व्यवस्था र राजनीतिक दलहरूबीचको आपसी समन्वय, सहकार्य तथा हलमा उपस्थित सहभागी प्रतिनिधिहरूको पूर्ण समर्थनका आधारमा पदाधिकारी र सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन्।

 

समितिको अध्यक्ष पदमा बागमती प्रदेशका (जिल्ला समन्वय समिति ललितपुरका प्रमुख) ऋषिदेव फुयाँल निर्विरोध निर्वाचित भएका छन्। यस्तै, वरिष्ठ उपाध्यक्षमा बागमती प्रदेशकै दिपक गौतम र उपाध्यक्षमा गण्डकी प्रदेशका लिलाधर पौडेल चयन भए। महासंघको महत्वपूर्ण मानिने महासचिव पदमा बागमती प्रदेशका अशोक कुमार घिमिरे चयन भएको निर्वाचन समितिले जानकारी गराएको छ।