सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, २० कार्तिक २०८१ / Tuesday, 05 November 2024

महाँकालको इज्जत राख्यो चन्दनपुर कांग्रेसले

प्रकाशित समय: मगलवार, ०१ : ३३ बजे जेठ २ गते



महाँकालको इज्जत राख्यो चन्दनपुर कांग्रेसले

ललितपुर २ जेठ , महाँकाल गाउँपालिका वडा न.५ चन्दनपुरमा कांग्रेसले जितेसंगै पुरै गाउँ खुशीले छाएको छ । महाँकाल गाउँपालिकामा भएका ६ वटा वडा भएपनि कांग्रेसले वडा न.५ चन्दनपुरमा मात्रै जित हात पारेको हो । एमाले र राप्रपाको घोषित तालमेल अनि माओवादी केन्द्रसंग गोप्य सहमति बनाई चुनाव लडेको भएपनि चन्दनपुरमा कांग्रेसको संगठन बलियो भएका कारण कांग्रेसका उमेदवार खोम प्रसाद दहालले वडा अध्यक्षमा ३७७ मत ल्याइ जित हासिल गर्नु भएको हो । उहाँ संगै कांग्रेसको पुरै प्यानलले चन्दनपुरमा जित हासिल गरेको छ । सदस्यहरुमा महिला सदस्य धर्म कुमारी दहाल ३६९ दलित महिला सदस्य मैंया परियार ३६६ खुल्ला सदस्य उत्तम कुमार घिमिरे ३६४ खुल्ला सदस्य कृष्ण थोकर ३६१ मत प्राप्त गरि बिजय भएका हुन् । तीनवटा पार्टी मिलेर चुनावमा भाग लिएको एमालेका वडा अध्यक्षका उमेदवार भिम बहादुर वाइवाले ३४० मत प्राप्त गरेका थिए । कांग्रेसका उमेदवार खोम प्रसाद दहालले वडा अध्यक्षमा चुनाव जितेसंगै महाँकाल गाउँपालिकामा चन्दनपुर कांग्रेसले इज्जत राखेको कांग्रेसी नेताहरुले बताएका छन् ।

 

 

 

बिजयी अध्यक्ष दहालले बिजय र्याली पछिको कोण सभालाई सम्वोधन गर्नुहुदै यो जित कांग्रेसको मात्र नभइ समग्र चन्दनपुर बासीको बिजय भएका कारण आउदा दिनहरुमा सबैसंग मिलेर अघि बढ्नुको विकल्प नभएको धारणा राख्नुभयो ।