ललितपुर,दशैँको समयमा पनि तलब नपाएपछि वागमती गाउँपालिकाका शिक्षक चिन्तित भएका छन् । प्रत्येक वर्ष दशैँको बिदाअगावै तलब पाएको भएतापनि यसवर्ष समयमै तलब नपाउँदा गाउँपालिका भित्र रहेका ४८ वटा विद्यालयमा कार्यरत ३५९ शिक्षक शिक्षिका कर्मचारीको यसवर्षको दशैँ खल्लो हुने भएको छ ।
नेपालीहरुको महान पर्व दशैँ, तिहार र छठपर्वमा तलब नपाएपछि यहाँका विद्यालयमा कार्यरत शिक्षक–शिक्षिकाले सोचेजस्तो पर्व मनाउन नसक्ने बागमती गाउँपालिका -७ गिम्दिको श्री जनक मा. वि. का शिक्षिका गिता आले मगरले बताइन् । वर्षमा एकपटक आउने पर्वमा छोराछोरीको इच्छा पूरा गर्ने कुनै छाँटकाँट नदेखिएको उनको भनाइ छ ।
समयमा तलब लिन पाउँदा ऋण गरेर दसैं मान्नु पर्ने अवस्था शिक्षक लाई आएको कालिदेवी मा.वि.का प्रधानअध्यापक कुमार चौलागाईंले बताए। तलब भत्ता नपाएपछि गाउँपालिका बाहिर घर भएका शिक्षकहरु घर जान समेत नपाएको चौलागाईले बताए।
ठूलो पर्व भए तापनि पैसाको अभावमा कुनै किसिमको तयारी नगरेको गाउँपालिकाका शिक्षक-शिक्षिका बताउँछन्।
यस सम्बन्धमा वागमती गाउँपालिकाका शिक्षा शाखाका प्रमुख शेषकान्त पौडेलले आफू तलब खुवाउनका लागि प्रयासरत रहेको बताए । पौडेलका अनुसार एक हप्ता अगाडि नै गाउँपालिका भित्रका शिक्षक शिक्षिका र कर्मचारीको पौने ४करोड बराबरको तलब विवरण गाउँपालिकाको लेखा शाखामा बुझाई सकिएको बताए।
वागमती गाउँपालिकाका शिक्षक संघ तथा संगठन पनि शिक्षक हरुलाई अबिलम्ब तलब खुवाउन माग गरेका छन्। शिक्षक संघ वागमती गाउँपालिकाका अध्यक्ष गोकर्ण फुँयालले साउन देखि तलब भत्ता नपाएका शिक्षक-शिक्षिकालाई तत्काल तलब खुवाउन माग गरेका छन्।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ