ललितपुर,राष्ट्रिय संगीतकर्मी सङ्घ जिल्ला कार्यसमिति ललितपुरको छैटौँ जिल्ला अधिवेशन तथा बाह्रौँ साधारण सभा सम्पन्न भएको छ। जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाल को प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
अधिवेशनबाट सबिना दाहालको अध्यक्षतामा २० सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरिएको छ। समितिको निवर्तमान अध्यक्षमा सुवास महत रहेका छन्।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा श्यामसुन्दर तिमल्सिना, प्रथम उपाध्यक्षमा रेश्मा तिमल्सिना (बुनुमैचा), द्वितीय उपाध्यक्षमा रञ्जित सन्जेल, महिला उपाध्यक्षमा सदिक्षा बजगाईं तथा उपाध्यक्षमा एलिना बास्कोटा (उडीउडी चुप्पा) चयन भएका छन्।
त्यसैगरी सचिवमा राजु तिमल्सिना, सहसचिवमा रोमप्रसाद हुमागाईं (राजु), सह–सचिवमा भगवान भण्डारी, कोषाध्यक्षमा सृजना घिमिरे, सह–कोषाध्यक्षमा महेश महत तथा प्रवक्तामा दिनेश घिमिरे चयन भएका छन्।
समितिका सदस्यहरूमा मनोज दाहाल, विश्वराम तिमल्सिना, सुरेश तिमल्सिना, मिलन बन्जारा, श्यामकुमार महत र सरस्वती महर्जन रहेका छन्। अधिवेशनले रोजि श्रेष्ठलाई सल्लाहकारको जिम्मेवारी प्रदान गरेको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि फुयालले संगीतकर्मीहरूको हकहित, पेशागत सम्मान तथा सांस्कृतिक क्षेत्रको विकासमा राष्ट्रिय संगीतकर्मी सङ्घले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे। उनले संगीतकर्मीहरूको क्षमता अभिवृद्धि, संरक्षण र प्रवर्द्धनका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए।
नवनिर्वाचित अध्यक्ष सबिना दाहालले संगीतकर्मीहरूको एकता, पेशागत अधिकार र सिर्जनात्मक गतिविधिको प्रवर्द्धनका लागि आफ्नो कार्यकाल समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले जिल्लाभित्र रहेका संगीतकर्मीहरूको साझा संस्था बलियो बनाउँदै नयाँ पुस्तालाई समेत जोड्ने गरी कार्यक्रमहरू सञ्चालन गरिने बताइन्।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ