काठमाडौं । शिक्षा ऐनको माग गर्दै सुरु भएको शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन जारी छ ।
नेपाल शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि काठमाडौं केन्द्रीत सडक आन्दोलनमा रहेका शिक्षकहरू अझै पनि आन्दोलनमा नै छन् । आन्दोलन आज शुक्रबार १७ औं दिन पुगेको छ ।
शिक्षकहरूले थप सशक्त आन्दोलनको तयारी गरिरहेका छन् । उनीहरू कुनै हालतमा शिक्षा ऐन जारी नभएसम्म घर नजाने अडानमा छन् ।
यसबीच सरकार र महासंघका पदाधिकारी–प्रतिनिधिबीच पटक–पटक संवाद भएपनि सहमति जुट्न सकेको छैन । शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, १८ किसिमका शिक्षकहरुलाई एकद्वार प्रणाली अनुरुप गर्नुपर्ने लगायत माग छन् ।
आन्दोलनका कारण सडकमा सवारी साधन आवतजावतमा कठिनाइ हुँदै आएको छ । शिक्षकहरुले आन्दोलनका क्रममा नृत्य, जादू, गीत, कविता जस्ता मनोरन्जनात्मक कार्यक्रम देखाइरहेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ