सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १६ आश्विन २०८२ / Thursday, 02 October 2025

जेनजी आन्दोलनका मृतक परिवारलाई जिप्रका ललितपुरद्वारा आर्थिक सहायता प्रदान

प्रकाशित समय: आइतवार, ०१ : ३४ बजे आश्विन १२ गते



जेनजी आन्दोलनका मृतक परिवारलाई जिप्रका ललितपुरद्वारा आर्थिक सहायता प्रदान

ललितपुर,ललितपुर महानगरपालिका-७ मा जेनजी आन्दोलनको क्रममा मृत्यु भएका स्व. बिनोद महर्जनका परिवारलाई नेपाल सरकारबाट रु. १५ लाख (आर्थिक सहायता रु. १० लाख र क्रिया तथा अन्य खर्च रु. ५ लाख) प्रदान गरिएको छ। 

 

प्र.जि.अ. सुमन घिमिरेले वडा अध्यक्ष कुल बहादुर महर्जनको रोहवरमा मृतककी आमा लतामाया महर्जनलाई उक्त बैंक चेक हस्तान्तरण गर्नुभएको हो।