काठमाडौं । जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आगजनी र तोडफोड हुँदा करिव १० करोड बराबरको क्षति भएको छ ।
नेपाली कांग्रेसका सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले क्षतिको प्रारम्भिक विवरणको जानकारी दिंदै केन्द्रीय कार्यालयमा आगजनी र तोडफोडले संरचनाहरु ध्वस्त अवस्थामा रहेको जानकारी दिएका हुन् ।
उनले भने, ‘नेपाली कांग्रेसको केन्द्रीय कार्यालय आतंककारीहरुले जलाएर ध्वस्त पारिएको छ । कुनैपनि सामान बचेको छैन । करिव रु १० करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।’
उनले प्रस्तुत गरेको क्षति विवरण अनुसार सभापति शेर बहादुर देउवा र केन्द्रिय सदस्य डा.आरजु राणा देउवाको निवास बुढानिलकण्ठमा रहेको घरमा आगजनी, तोड्फोड, लुटपाट गरी घरमा रहेका सभापति देउवा र आरजु राणाप्रति अमानवीय बर्बर्तापूर्ण सांघातिक भौतिक आक्रमण भएको थियो ।
आरजु राणा देउवाको नाममा रहेको कैलाली जिल्ला धनगढी उपमहानगरपालिकास्थित घरमा समेत आगजनी तोडफोड गरी भवन रहेको स्थानको जमिन वाहेक केही पनि बाँकी नरहेको अवस्था छ ।
नेपाली कांग्रेसका केन्द्रिय पदाधिकारी सदस्यहरुको व्यक्तिगत घर तथा सम्पत्तीको क्षति विवरण अनुसार उपसभापति पूर्ण बहादुर खड्काको काठमाडौंमा रहेको घर तोडफोड गरी सामाग्री बाहिर निकाली आगजनी, लुटपाट गरी सिसा तथा फर्निचरहरु जलाएर ध्वस्त पारिएको छ । सुर्खेतस्थित खड्का निवासमा आगजनी र तोडफोड गरी ध्वस्त गरिएको छ ।
पार्टीका महामन्त्री गगन कुमार थापाको काठमाडौंको रातोपूलमा रहेको घर आगजनी, तोडफोड, लुटपाट गरी पूर्णरुपमा ध्वस्त रहेको, एउटा गाडी र तीन वटा मोटरसाइकल पूर्णरुपमा आगजनी गरी ध्वस्त रहेको प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।
विश्वप्रकाश शर्माको ललितपुरमा रहेको भाडाको घरमा तोडफोड गरी फर्निचर लगायत सबै सामाग्रीहरु बाहिर निकालेर जलाएको, घरमा सीसाहरु तोडफोड गरिएको छ । झापास्थित मेचीनगर नगरपालिकामा परिवार रहेको घरमा आगजनी, तोडफोड र लुटपाट गरी सम्पूर्ण सामाग्री पूर्णरुपमा ध्वस्त पारिएको विश्वकर्माले बताए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ