सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ३० भदौ २०८२ / Monday, 15 September 2025

ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी

प्रकाशित समय: आइतवार, ०८ : २६ बजे भदौ २९ गते



ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी

काठमाडौं , निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ ।
जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा हिंसा मच्चाएको भन्दै नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएका हुन् । 
जाहेरीमा ओलीमाथि जघन्य अपराधको अभियोग लगाउँदै घटनाबारे गहिरो अनुसन्धान गरी प्रमाणसहित कानुनी कारबाही गर्न माग गरिएको छ । शव परीक्षण रिपोर्ट र घटनास्थल मुचुल्का प्रमाणका रूपमा पेस गर्नुपर्ने मागसमेत गरिएको छ ।