काठमाडौं , शहरी विकास मन्त्रालय अन्तर्गतको भवन निर्माण विभागले जेनजी आन्दोलनका क्रममा लुटपाट भएका सामान फिर्ता गर्न अनुरोध गरेको छ ।
विभागले सूचना निकाल्दै जेनजी आन्दोलनका क्रममा यही भदौ २४ गते बबरमहलस्थित भवन निर्माण विभागमा व्यापक लुटपाट भएकोले सामान फिर्ता गर्न अनुरोध गरेको हो ।
भदौ २४ गते आन्दोलन तथा तोडफोडको क्रममा यस विभाग र परिसरमा रहेका सवारी साधन, कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टीभी, कुर्सी लगायतका सामग्रीहरू तथा कर्मचारीका निजी सवारी साधनसमेत विभाग परिसरबाट लुटपाट÷चोरी भएको विभागले जनाएको छ ।
‘ती सामानको विषयमा कुनै जानकारी भएमा फोन गरेर जानकारी दिन वा नजिकको सुरक्षा निकायमा जानकारी गराउन अनुरोध छ,’ सूचनामा भनिएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ