सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १३ आश्विन २०८० / Saturday, 30 September 2023

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गयो



प्रकाशित समय: मगलवार, १० : ५७ बजे जेठ १८ गते



बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गयो


बर्दिया । बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ । जिल्लाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो ।


बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उहाँलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो । खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले बताउनुभयो ।