परिचय
उदय शमशेर राणा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता हुन्। उनको जन्म बाबु सागर शमशेर राणा र आमा बिन्दा राणाको कान्छा सन्तानको रुपमा विक्रम संवत २०२६ साल फाल्गुन १६ गते (२७ फेब्रुअरी १९७०) तत्कालीन ललितपुर उपमहानगरपालिका वडा नं १ कुपण्डोल (हाल ललितपुर महानगरपालिका वडा नं ३ कुपण्डोल)मा भएको थियो।
शिक्षा
उदयशम्शेर राणाको प्राथमिक शिक्षा सेन्ट जेभियर स्कूल (st. Xavier's School, Lalitpur) ललितपुरबाट सुरु भएको थियो। माध्यमिक तहको पढाइ दार्जिलिङस्थित सेन्ट जोसेफ कलेज, उत्तर (st. Joseph's college, North point) मा गरेका हुन् भने लरेन्स स्कुल,सानावर (Lawrence School,Sanawar ) भारतबाट उच्च शिक्षा पूरा गरेका हुन्। उनले सेन्ट स्टीफन्स कलेज, दिल्ली विश्व विद्यालय (St. Stephen's College, University of Delhi ) बाट स्नातक तह ( Bachelors in Arts) पूरा गरेका हुन्।
यस्तै उनले संयुक्त राज्य अमेरिकाको कर्नेल विश्वविद्यालय, इथाका, न्यूयोर्क (Cornell University,Ithaca, New York,USA) बाट "अन्तराष्ट्रिय सम्बन्ध" (International Relation's) मा स्तानाकोत्तर तहको अध्ययन पूरा गरेका हुन्। राणाले विभिन्न विषयको अनुसन्धान गरी "नेपालको विदेश नीति: भारत र चीन संग सम्बन्धमा जोड" (Foreign Policy of Nepal: Emphasis on relations with India and China) विषयमा शोध निबन्ध समेत प्रकाशित गरेका छन्।
राजनैतिक जीवन यात्रा
नेपालको पुरानो मध्येको एक लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा आबद्ध उनले विद्यार्थी कालदेखि नै राजनीतिको सुरुवात गरेका हुन्। उनका ठूलो बुबा भरत शमशेर,बुबा सागर शमशेर राणाबाट प्रेरित भएर राजनीतिमा लागेका राणा राजनीतिक दलमा आवद्ध भने २०४५ सालमा भएका थिए । भारत र अमेरिकामा रहँदा राणाले प्रजातन्त्रका पक्षमा लडेका नेता कार्यकर्तासँग भेटघाट र छलफल सुरु गरेका थिए। पढाइका क्रममा भारतमा रहेका उनको राजनीतिक यात्राका क्रममा उनले नेपालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भारतमा रहेका नेपाली विद्यार्थीहरूको नेतृत्व गरेका थिए। यसै सिलसिलामा नेपाल विद्यार्थी संघ, दिल्लीको अध्यक्ष बन्दै उनले राजनीतिमा सक्रियता बढाएका थिए।
पढाई सिलसिलामा उनी संयुक्त राज्य अमेरिका रहँदा आफ्ना बुबा सागर शमशेर राणाको आग्रहमा अमेरिकामा रहेको पढाई छोडेर नेपाल फर्किएका थिए। यसपछि राणा कांग्रेसले आह्वान गरेको विभिन्न आन्दोलनमा सरिक हुन थाले र थप सक्रिय भए। २०५४ साल चैत २७/२८ मा उनी नेपाल तरुण दल ललितपुर जिल्लाको अध्यक्ष भए। त्यसपछि उनी नेपाल तरुण दलको केन्द्रीय सदस्य हुँदै २०६८ देखि २०७३ साल सम्म नेपाल तरुण दलको केन्द्रीय अध्यक्षमा रहे। विश्व राजनीति र अर्थशास्त्रमा रुचि भएका राणा समाजवादी युवाहरूको अन्तर्राष्ट्रिय सङ्घ (International Union of Socialist Youth) IUSY मा आबद्ध भए र पछि त्यसको उपाध्यक्षमा निर्वाचित समेत भए।
२०६४ को पहिलो संविधानसभामा संविधानसभा सदस्यका लागि निर्वाचनमा भाग लिएका राणा झिनो मतले पराजित भए।२०६४ को संविधान सभाबाट संविधान निर्माण नभएपछि नेपालको इतिहासमा २०७० मंसिर ४ गते दोस्रो संविधानसभाको निर्वाचन भएको थियो। उक्त निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ बाट प्रत्यासी भन्दा झनै आठ हजार मतअन्तरले राणा संविधानसभा सदस्यमा विजयी भए। उनी संविधानसभा सदस्य रहेको कार्यकालमा नेपालको संविधान २०७२ जारी भयो। संविधान निर्माणकार्य सँगसँगै संसदमा पनि सक्रिय भूमिका निर्वाह गरेका राणा अर्थ समितिको सदस्य र त्यस अन्तर्गत रहेका उपसमितिमा रही काम गरे। अन्तर्गत उनी रहेको उपसमितिले तपसिलमा उल्लेखित विधेयकलाई अन्तिम रुप दिएको थियो।
त्यस्तै तत्कालीन नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा संविधान जारी भयो। त्यसपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबाको नेतृत्वमा सरकार बन्यो र उनले सोही सरकारको अर्थराज्यमन्त्रीको जिम्मेवारी समेत लिएर काम गरे।
प्रसारण र प्रकाशन
नेपालका मुलधारका पत्रपत्रिका कान्तिपुर दैनिक, अन्नपूर्ण पोस्ट, नयाँ पत्रिका, नागरिक दैनिक लगायतका पत्रपत्रिकामा लेख-रचना निबन्ध र अन्तरवार्ता प्रकाशन - टेलिभिजनमा देशको राजनीति र समसामहिक विषयमा प्रत्यक्ष संवाद र अन्तर्वार्ता -विभिन्न अनलाइन सञ्चारमाध्यममा नेपाली र अंग्रेजी भाषामा राजनीति कूटनीति र अर्थतन्त्र लगायतका समसामहिक विषयमा दर्जनौंको संख्यामा लेख-रचना प्रकाशन विदेश भ्रमण भारत, चीन, मलेसिया, सिंगापुर, अष्ट्रेलिया, दक्षिण कोरिया, जापान, ईरान, बेलायत, फ्रान्स, नेदरल्याण्ड, बेल्जियम, लक्जमबर्ग, जर्मनी, इटाली, डेनमार्क, स्वीडेन, नर्वे, अस्ट्रिया, हंगेरी, चेक गणतन्त्र, ग्रीस, स्विट्जरल्याण्ड, मेक्सिको क्यानाडा, संयुक्त राज्य अमेरिका, आइवरी कोस्ट, इथियोपिया, नाइजेरिया,थाईल्याण्ड, ब्राजिल, अर्जेन्टिना, उरुग्वे
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2023. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
--