काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन बानेश्वरमा उक्त बैठक बस्नेछ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने छ ।
आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आ।व २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको उत्तर दिनेछन् ।
विनियोजन विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ