काठमाडौं ।नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले बजेट कार्यान्वयन गरेर परिणाम ल्याउन नसक्ने कुरालाई स्वीकार गर्नुपर्ने बताउनुभएको छ ।
आइतबार संसदमा बजेटमाथिको छलफलका क्रममा थापाले बजेटको आकार ठूलो भएपनि वास्तविक परिणाम दिन नसक्ने भन्दै यसलाई स्वीकार गर्नुपर्ने बताउनुभयो । बजेटमार्फत गरिएका करका दल हेरफेरले उपभोक्तालाई असर पर्न सक्ने भन्दै थापाले करको दर फेरको औचित्य पुष्टि हुनुपर्ने उल्लेख गर्नुभयो । चालू आर्थिक बर्षमा राजस्व संकलनको अवस्था हेर्दा अर्को आर्थिक बर्षको लक्ष्य समेत पुरा हुन नसक्ने देखिएको उहाले बताउनुभयो । सांसद थापाले बजेट कार्यान्वयनबाट लगानीको विस्तार, रोजगारीको अवसरमा वृद्धि, अर्गतन्त्र सुधारका साथै वित्तीय अनुशासनमा ध्यान दिएर राजस्व हासिल गर्ने दिशामा अघि बढ्न सुझाव दिनुभयो । उहाले बजेटमा समेटिएका कार्यक्रमलाई परिणाममुखी बनाउन कार्यान्वयनमा चूनौति हुने तर्क गर्नुभयो ।
उहाले साधारण खर्च बढेको र पुँजीगत खर्च कम भएको यथार्थतालाई ध्यान दिएर प्राथमिकतायुक्त क्षेत्रको सम्बोधन हुनेगरी बजेट कार्यान्वयन गरिनुपर्ने पनि बताउनुभयो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ