परासी, पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित धनेवा खोलामा निर्माणाधीन पुल ६ वर्ष बित्दा पनि बन्न सकेको छैन ।
सरावलको वडा नं ६ र ७ जोड्ने उक्त पुल समयमै नबन्दा स्थानीयवासीलाई सास्ती भएको छ । वर्षात्मा खोला तर्दा जोखिम हुन्छ । सो खोला तर्ने क्रममा बाढीले बगाउँदा दुई जनाको ज्यान गइसकेको छ ।
विसं २०६९ मा तत्कालीन भौतिक पूर्वाधारमन्त्री हृदेयश त्रिपाठीले उक्त पुलको शिलान्यास गर्नुभएको थियो । ठेकेदारको लापरवाहीले पुल निर्माणमा ढिलाइ भइरहेको सरावल–७ का वडाध्यक्ष ह्रयात खाँ बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “ठेकदारले बीचमै काम छाडेर गएको छ, हामीले पुल निर्माणका लागि पटकपटक पहल गर्दैआएका छौँ । ठेकेदारले बेवास्ता गर्दै आएको छ ।” कूल रु तीन करोड ६६ लाखको लागतमा बन्ने उक्त पुलको अहिलेसम्म चार पिल्लर मात्र ठड्याइएको छ ।#Rss
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ