काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् आकस्मिक बैठक बोलाएका छन् । बैठक बिहान साढे ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्न लागेको कृषि तथा पशुपंक्षी मन्त्री बेदुराम भुसालले जानकारी दिए ।
भुसालका अनुसार आजको बैठकमा संसदमा हुने मन्त्रालयगत बजेट छलफल र समसामयिक विषयमा छलफल हुनेछ । प्रधानमन्त्रीले वर्तमान मुख्यसचिव शंकरदास वैरागीको कार्यकाल सकिन लागेकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वरिष्ठ सचिव डाक्टर वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी गरेका छन् । मुख्यसचिव वैरागीको कार्यकाल आगामी असोज दोस्रो सातासम्म रहेको छ । डा. अर्याल यही असार ३ गते अवकाशमा जाने भएकोले त्यस अघि अघि नै नियुक्त गर्न लागिएको हो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ