काठमाडौं । भारतले आफ्नो नयाँ संसदमा भवनमा राखेको ‘अखण्ड भारत’को नक्साको विरोधमा कूटनीतिक नोट पठाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माग गरेको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै एमाले सांसद रघुजी पन्तले नेपालको भू-भाग समेटेको ‘अखण्ड भारत’को नक्साको विरोधमा नेपाल सरकारले तत्काल कूटनीतिक नोट पठाउन माग गरेका हुन् । भारतलाई कूटनीतिक नोट पठाएर संसदलाई जानकारी गराउन उनले माग गरे ।
ईपीजी प्रतिवेदनको सम्बन्धमा राजदूतले दिएको वक्तव्य पनि खेदजनक रहेको भन्दै एमाले सांसद पन्तले प्रश्न गरे, ‘के ईपीजी प्रतिवेदनबारे राजदूतले व्यक्त गरेको विचारले सरकारको प्रतिनिधित्व गर्छ ? गर्छ भने अत्यन्त आपत्तिजनक छ । ईपीजी प्रतिवेदनबारे नेपाल सरकारले संसदलाई आफ्नो स्पष्ट दृष्टिकोण बताउनुप¥यो ।’
हालै भारतले आफ्नो नयाँ संसद भवनमा राखेको ‘अखण्ड भारत’को नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु, विराटनगर समेटिएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ